
तनहुँको व्यास नगरपालिका ११ पोल्याङमा चैतेधान काटदै किसान । कृषकलाई चैतेधान भित्रयाए लगत्तै असारे धान रोप्न चटारो छ । तस्बिरः कृष्ण न्यौपाने\रासस
७ असार ०७८, वर्दिया । वर्षाको शुरुवातसँगै अधिकांश किसानलाई रोपाइँको चटारो भइरहेका बेला बर्दियाका किसानलाई भने यतिखेर चैते धान भित्र्याउने चटारो परेको छ ।
गत फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरिसकेका किसानहरु घरघरमा धान भित्राउन व्यस्त छन् ।
यस वर्ष करिब दुई बिगाहा क्षेत्रफलमा चैते धान खेती गरेका किसान चक्रलाल थारुले खेतमा पानी पसिसकेकाले धान काट्न गाह्रो भएका बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत धान सुपरजोन राजापुरको कार्यक्रमका प्रमुख डा तपेन्द्र शाहको अनुसार किसानलाई मनसुन शुरु भएसँगै धान काट्ने र रोप्ने चटारो भएको बताएका छन् ।







प्रतिक्रिया