६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


‘चलचित्र निर्देशक समाज’को नेतृत्व अरुणकुमार प्रधानलाई



ललितखबर
‘चलचित्र निर्देशक समाज’को अध्यक्षमा अरुणकुमार प्रधानसहित नयाँ नेतृत्व निर्वाचित भएको छ ।
राजधानी मा मंगलबार भएको निर्वाचनपछि नयाँ नेतृत्व निर्वाचित गरिएको हो । निर्वाचनबाट प्रधानले खसेको १ सय ५९ मतमध्ये १०९ मत पाएका छन् । उनका निकटम प्रतिश्वर्धी जनकदीप पराजुलीले ४६ मत मात्रै पाए ।
.
समाजको वरिष्ठ उपाध्यक्षमा सुवास गजुरेल र उपाध्यक्षमा दीपक वली विजयी भए । मतगणनाको क्रममा गजुरेलले ९५ मत र वलीले ७१ मत पाएका हुन् ।

समाजको महासचिवमा १०६ मतसहित समुन्द्र भट्ट निर्वाचित भइन्।
सचिवका उम्मेदवार राजबहादुर साने ८० मतसहित विजयी भाएका छन् भने सहकोषाध्यक्ष पदमा उत्सव केसी ६७ मतसँगै विषयी घोषित भए।

निर्वाचन प्रकृयाकै क्रममा कोषाध्यक्षमा जनक खड्का निर्विरोध निर्वाचित भए । संघका सर्वसम्मत सदस्यहरूमा लक्ष्मण सुनार, अमर दीप सापकोटा, लक्ष्मण सुवेदी, साकार पन्त, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका हुन्

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।