१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रेस चौतारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण



८ असार ०७८, काठमाडौं । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले प्रेस चौतारी नेपाललाई सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोरोना रोकथामका लागि आवश्यक स्यानिटाइजर, मास्क र फेससिल्डसहितका सामग्री महासंघका अध्यक्ष रमेश पौडेलले चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रदान गरेका हुन् । कार्यक्रममा अध्यक्ष पौडेलले जोखिमका समयमा अग्रमोर्चामा रहेर काम गर्ने पत्रकारको सम्मानस्वरुप सामग्री दिइएको बताए ।
चौतारीका अध्यक्ष बस्नेतले आफूहरुको सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको यात्रामा यस्ता भौतिक साथले जोखिममा खट्न बल पुग्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष एवं “कोभिड, नो भीड” अभियानका संयोजक पर्शुराम बस्नेतले विभिन्न अग्रमोर्चामा रहेकाहरुलाई सामग्री वितरण गरिएको र दोस्रो चरणमा खाद्यान्न वितरण गर्ने बताए ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।