१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंको स्वयम्भुबाट चितुवाको छाला सहित २ जना पक्राउ



फाइल तस्विर

११ असार ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट १ थान चितुवाको छाला सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्वयम्भु नै ठाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका ३ सिरटोल घर भएका ३२ वर्षीय सुशिल कुमार वाईबा र ध्याङलेख गाउँपालिका १ अमले घर भएका ३४ वर्षीय कान्छाराम वाईबा रहेका छन् । चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी ६ लाख रुपैयाँमा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको यस महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।