
१४ असार ०७८, स्याङ्जा । गल्याङ नगरपालिका ७ तोलातुङ बस्ने ३८ वर्षीय लाल बहादुर बिक आइतबार चितुवाको आक्रमणमा परी घाइते भएका छन् । घाइते बिक गल्याङ नगर अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
गल्याङ नगरपालिका ७ फाँटस्थित खड्क बहादुर गाहाको बंगुर खोरमा चितुवा पसी ८ वटा बंगुरमध्ये ३ वटा मारेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गएकोमा चितुवा अचानक खोरबाट निस्की करिब ५० मिटर टाढा रहेका बिकलाई आक्रमण गरेको थियो ।
बिक लगायत अन्य मानिसहरू समेतको जिवन रक्षा र थप क्षति नहोस भनि सब डिभिजिन बन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहवरमा चितुवालाई गोली प्रहार गर्दा चितुवा मरेको छ । मृत चितुवा बन कार्यालयलाई जिम्मा लगाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा गल्याङ नगरपालिका–३ स्थित नर्सरी बन कार्यालयको कम्पाउण्डभित्र खाडलमा पुरी ब्यबस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।







प्रतिक्रिया