१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धान दिवसमा हिले दौड प्रतियोगिता



राष्ट्रिय युुवा संघ नेपाल केन्द्रिय कमिटीद्धारा मंगलबार भक्तपुुरको नङ्खेलमा आयोजित राष्ट्रिय धान दिवस २०७८ तथा रोपाई कार्यक्रममा हिलोमा रमाउँदै युुवायुवती । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

१६ असार ०७८, झपा । कृषि ज्ञान केन्द्र झापाले १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ को अवसरमा मंगलबार कचनकवल गाउँपालिका १ मा हिले दौड प्रतियोगिता गराएको छ ।
दौड प्रतियोगितामा महिलातर्फ भूमिका गणेश प्रथम, संगीता गणेश दोस्रो, ललिता गणेश र रेणुका राजवंशी तेस्रो भएका थिए भने पुरुषतर्फ लक्ष्मण गणेश प्रथम, अजय गणेश दोस्रो र प्रद्वग गणेश तेस्रो भएका छन् ।
प्रथम र द्वितीय हुने महिला तथा पुरुषलाई स्प्रे ट्याङ्की, प्राङ्गरिक मल, र तेस्रोलाई प्लाष्टिकको त्रिपाल पुरस्कार स्वरुप दिइएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताए ।
जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेशसभासदस्य वसन्त बानियाँले सरकारले किसानलाई प्रोत्साहन गर्न र उत्पादन वृद्धिमा सहयोग पुरयाउन कृषि औजारहरु अनुदानमा दिइरहेको बताए ।
झापामा ८७ हजार ५०० हेक्टरमा धान खेती हुने गरेको छ । सोमध्ये २० प्रतिशतमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले बताए । समयमा पानी परिरहेका कारण असार मसान्तभित्रमा ९० प्रतिशत रोपाइँ सकिने उनको भनाइ छ ।

 

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।