
२० असार ०७८, काठमाडौं । ५ दलिय विपक्षी गठबन्धनको विद्यार्थी संगठनले शनिबार राजधानी काठमाडौंको मिनभवनमा गरेको विरोध प्रदर्शनको क्रममा प्रहरीको लाठी प्रहारबाट नेपाल लाईभ अनलाइनपत्रिकाका फोटोपत्रकार निमेषजङ् राई घाईते भएका छन् । प्रहरीको लाठी प्रहारबाट फोटोपत्रकार राईको घुँडामा चोट लागेको छ । बिधार्थीको विरोध प्रदर्शनमा प्रहरी धरपकड हुँदा लड्न पुगेका राईमाथि फोटोपत्रकार भएको थाहा पाउदा पाउदै पनि नियोजित ढंगले लाठी प्रहार गरिएको फोटोपत्रकार क्लवले विज्ञप्ती जारी गरेर बताएको छ ।
‘क्लवले कार्यक्षेत्रमा तस्बिर संकलन तथा सम्प्रेषण गरिरहेको फोटोपत्रकारहरुलाई पटक पटक नियोजित रुपमै नेपाल प्रहरीबाट भएको आक्रमण प्रति यस फोटोपत्रकार क्लबको गम्भीर ध्यानाकर्षण भएको छ उल्येख गरेको छ । आफनो पेशागत धर्म र कर्तव्य निर्वाह गरिररहेका राईमाथि आक्रमण गर्ने प्रहरी माथि छानबिन गरी कारवाही गर्न, फोटोपत्रकारहरुलाई लक्षित गरी पटक पटक गरिने यस किसीमका आक्रमण रोक्न आफना माताहतका निकायलाई सजग गराउन प्रहरी नेतृत्वलाई यसै विज्ञप्ती मार्फत क्लव अनुरोध गर्दछ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।
क्लवका प्रवक्ता दिपेश श्रेष्ठद्वारा जारी विज्ञप्तीमा संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा शान्तिपूर्ण विरोध गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै चौथो अंग सञ्चार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषणको सहज वातावरण बनाउन र संचारकर्मी हस्तक्षेप नगर्न सुरक्षा निकायसहित नेपाल सरकारलाई फोटोपत्रकार क्लब, नेपालले आग्रह गरेको छ ।







प्रतिक्रिया