
२७ असार ०७८,काठमाडौं । सुनको भाउ आइतबार स्थिर रहेको छ । चाँदीको भाउ भने सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकेको छ।
आइतबार चाँदीको भाउ भने सामान्य बढेको छ। यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँ पुगेको छ।
शुक्रबार चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भएको थियो।








प्रतिक्रिया