
२८ असार ०७८, काठमाडौं। नेपाल हस्तकला महासंघले वरिष्ठ मुर्तिकार स्वर्गिय राजकुमार शाक्य स्मृतिमा श्रद्धान्जलि सभा आयोजना गरेको छ । महासंघ परिसरमा सोमबार आयोजित कार्यक्रममा महासंघ अध्यक्ष सुरेन्द्रभाई शाक्यले नेपालको हस्तकला क्षेत्रमा स्वर्गिय शाक्यको योगदान अतुलनीय रहेको बताएका छन् । श्रद्धान्जलि सभामा प्रधानमन्त्री केपी शर्मा, काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जनलगायतले दिएको शोक वक्तव्य पढेर सुनाइएको थियो । भर्चुअलरुपमा आयोजित कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सुयस खनालले नेपाली हस्तकला क्षेत्रमा स्वर्गिय शाक्यको मौलिकलालाई निरन्तरता दिएमामात्रै सच्चा श्रद्धान्जली हुने बताए ।
महासंघका संस्थापक अध्यक्ष सागरसमशेर राणा, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरी, वरिष्ठ सम्पादविज्ञ अनिल चित्रकारलगायतले हस्तकला क्षेत्रमा उनको योगदानको चर्चा गरे ।
कार्यक्रममा सहभागीहरुले स्वर्गिय शाक्यको आत्माको चीर शान्तिको कामना गर्र्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए । राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकार शाक्य प्रवल गोरखा दक्षिणवाहूलगायत विभिन्न पदकबाट सम्मानित छन् । महासंघको प्रतिक चिन्ह पनि उनले नै डिजाइन गरेका थिए । २०२३ भदौ ११ गते जन्मिनुभएका शाक्यको कोरोनाका कारण जेठ २२ गते अल्पायुमै निधन भएको थियो ।








प्रतिक्रिया