
८ साउन ०७८ काठमाडौँ । शुक्रबार सुनचाँदीको भाउ सामान्य बढेको छ। यस दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार १०० र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ८०० र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा खरिद बिक्री भएको थियो।








प्रतिक्रिया