१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अवरल बर्षापछि नुवाकोटमा क्षति



फाइल तस्विर

१४ साउन ०७८,त्रिसुली । अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पु¥याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ । पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातको सेवा बट्टारमा नै रोकिएका छन् ।
बुधबार राति करिब ९ बजेतिर पुलको जगमा क्षति पु¥याएसँगै सडक पूर्णरूपमा अवरुद्ध हुँदा विदुरबाट मैथली ब्यारेक हुँदै बट्टारतर्फ जाने सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिए । उनका अनुसार पुल भासिएसँगै सडकको दुवैतर्फ विच्छेद भएको छ । पैदलयात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ ।
पुल भासिएसँगै विदुर–बट्टारको यातायात अवरुद्ध भएर आपतकालीन सेवा दिने सवारी साधनसमेत आउजाउ हुन सकेका छैनन् । उपयुक्त विकल्पको सडक नहुँदा मर्मतसम्भार गरेर पुनःसञ्चालन नभएसम्म सवारी साधन रोकिनुपर्ने बाध्यता छ । क्षति पुगेको पुल र अवरोध भएको सडक अहिले बिहानबाट खुलाउन प्रयास गरिने डिभिजन सडक कार्यालयका प्रमुखसमेत रहेका ‘गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । उनका अनुसार सडक डिभिजन र योजना कार्यालयका उपकरण र जनशक्ति परिचालन गरेर जतिसक्दो छिटो अवरुद्ध सडक पुनः सञ्चालन गर्न प्रयास गरिने छ ।
यसैबीच बुधबार साँझ परेको वर्षाले जिल्लाको अन्य स्थानमा पनि पहिरो गई घरमा क्षति पुगेका विवरण सङ्कलन हुने क्रममा रहेको नुवाकोट प्रहरीले जनाएको छ । चट्याङसहितको वर्षाले पानीको मुहानका स्रोत बढाएका छन् भने खोल्सा, खोला र नदीमा पानीको बहाव बढेको छ । रासस

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ७ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।