१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सामरी खोलाले बगाउदा महिलाको मृत्यु




१४ साउन ०७८, मकवानपुर । मकवानपुरगढी गाउँपालिका ४ स्थित सामरी खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । सोही गाउँपालिका ६ निवासी ४२ वर्षीया तुलसीमाया घलानलाई बुधबार साँझ सामरी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
मृतक घलान बुधबार साँझ दूघ बेचेर घर फर्कने क्रममा खोला तर्न लाग्दा बगाएको थियो । स्थानीयवासीले शव खोलाको किनारमा आज देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालस्थित शव गृहमा ल्याएको र घटनाबारे थप अनुसन्धान भइरहेकोे जनाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ११ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।