१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पौडी खेल्न गएका दुई बालक बेपत्ता




१५ साउन ०७८, बागलुङ । साकालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका ४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका ४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।्
उनीहरु बिहीबार दिउँसो करिब १ः०० बजेको समयमा पौडी खेल्न कालीण्डकी किनारा निरयघाट गएको प्रनाउ हवारीले बताए । चार जना बालक पौडी खेल्न गएकामा अन्य दुई जना प्रश्न विक र विशन पुन भने सम्पर्कमा आएका थिए । बेपत्ता दुई बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । खोजीकार्यमा विपद् व्यवस्थापन गुल्म बागलुङ परिचालन गरिएको छ ।

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।