
१५ साउन ०७८, ठेचाे ललितपुर । ललितपुरको ठेचोमा कोरोनाको खोप लगाउन शुक्रबार बिहान देखि ठेचो हेल्थ पोष्ट अगाडि युवा युवतीहरूको भीड लागेको छ ।
लाइन बसेका युवा युवतीहरूले सामाजिक दुरी पालना गरेका छैनन् । अस्पतालले कोरोनाको डरका कारण ढोका अगाडि लाइन लगाएको छ । भित्र थोरै आन्तुकलाई पठाइरहेको देख्न सकिन्छ । कोरोना बढिरहेको यो समयमा यस्तै हेल्चक्राइका कारण कोरोनाको जोखिम बढिरहेको छ। दोश्रो लहर आउनु अघि पनि यस्तै भीड बढेको र अस्पतालले भीड नियन्त्रण नगर्दा कारोना बढेको गुनासोहरु आउने गरेको थियो । जनताको आवाज बढेपछि त्यसबेला खोप कार्यक्रम नै बन्द गरिएको थियो ।







प्रतिक्रिया