१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आगामी ५ महिनामा करिब २ लाख कोरोना संक्रमित थपिने, साउनमा मात्रै ५३ हजार



फाइल तस्बिर

२१ साउन ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ५ महिनामा करिब २ लाख कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ । प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनीले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयको प्रक्षेपण अनुसार मंसिरसम्ममा १ लाख ९३ हजार ८ सय ५६ संक्रमित थपिने सम्भावना छ । ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यकता पर्न सक्ने सम्भावना रहेको प्रक्षेपणमा जनाइएको छ ।

साउनमा ५३ हजार ३ सय ७, भदौमा ४५ हजार ७ सय २६, असोजमा ३८ हजार ५ सय ९७, कात्तिकमा ३१ हजार ४४ र मसिंरमा २५ हजार १ सय ८३ संक्रमित थपिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।