
ललितपुर खबर
२२ साउन ०७८, काठमाडौं । वैदेशिक रोजगारीमा जान कोरोना विरुद्धको खोप लगाएको खोपकार्ड प्रमाणपत्र र क्युआर कोर्ड लिन राजधानीको टेकुस्थित सरुवा अस्पतालमा मध्यरातदेखि भीड लाग्ने गरेको छ । विहान ३ बजे देखि लाइन लाग्ने दिनभर कुर्दा समेत पालो नपाउदा सयौं युवाहरु फर्कने गरेका छन् ।
२ दिनदेखि क्युआरकोड लिन लाइन बसे पनि नपाएको बागलुङ बुर्तिवाङका रामबहादुर घर्तिमगरले बताए । उनले भने, ‘मध्यरातदेखि दिनभर लाइन बस्दा हामीलाई लाई भोक लाग्दा तिर्खा लाग्छ । छोडे काम बन्दैन भन्ने डर छ । भोक न तिर्खा भो ।‘
विहानैदेखि लाइन बस्दा थकित युवाहरु अस्पतालको गेटको हिलोमै बसिरहेका भेटिन्छन् । दिनको २ सय पचास जनालाई टोकन दिने गरिए पनि अरु युवाहरु अलपत्र पर्ने गरेका छन् ।
कोरोनाका त्रास रहेको आजकल उनीहरुलाई अस्पताल परिसरमा बस्न दिइदैन । नजिक खुल ठाँउ छैन अस्पताल अडाडिको सडकको हिलोमा बसेका एक युवकले दुखेसो पोखे ।







प्रतिक्रिया