१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित युवक पक्राउ




२६ साउन ०७८,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नँया अन्तराष्ट्रिय भवनतर्फको नयाँ पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १ सय ५० ग्राम बराबरको सुनजस्तो देखिने धातुको ३ थान बाला सहित काठमाडौं कुमारीगाल बौद्ध बस्ने रामेछाप घर भएका २५ वर्षीय सन्तोष बस्नेतलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जजिरा एयरको उडानद्वारा साउदीबाट नेपाल आएका बस्नेतले विभिन्न यात्रीहरुलाई भन्सार छली गरी ल्याउन लगाई अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई यो धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।