
२२ साउन ०७८,रसुवा । चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी हुदै नेपाल आयात हुने तयारी पोसाकको आयात घट्दै गएको छ । पछिल्लो तिन वर्षमा चीनबाट रसुवागढी नाका हुदै आयात हुने तयारी पोसाकको परिमाण घट्दै गएको रसुवा भन्सार कार्यालय टिमुरेकोे तथ्यांकले देखाएको छ ।
रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा चीनबाट ५ करोड २ लाख ८२ हजार ८ सय ७८ थान तयारी पोशाक नेपाल आयात भएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा ३ करोड ६१ लाख ४२ हजार ६ सय ६८ थान आयात भएको तथ्यांक छ । यो संख्या आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड २५ लाख ५ हजार ६ सय १० थान सिमित भएको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा चीनबाट ९० लाख ५५ हजार ८ सय १५ किलो स्याउ नेपाल आयात भएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा १ करोड ३९ लाख ७५ हजार ४ सय १७ केजी आयात भएको तथ्यांक छ । आर्थिक वर्ष २०७७÷०७८ मा ३६ लाख ९९ हजार ६ सय ३० केजी स्याउ आयात भएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा चीनबाट ५ करोड ४२ लाख २४ हजार ३ सय ८७ जुत्ता÷चप्पल आयात भएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा ६९ लाख २९ हजार १ सय ४० आयात भएको छ भने आर्थिक वर्ष २०७७÷०७८ मा ३५ लाख १७ हजार ९ सय ७८ मात्र आयात भएको छ ।
आर्थिक वर्ष २०७५०७६ मा चीनबाट ३८ लाख ३५ हजार ८ सय ४१ पिस झोला÷फाइल व्याग आयात भएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा २३ लाख ६ हजार ७ सय ८७ थान आयात भएको छ भने आर्थिक वर्ष २०७७÷०७८ मा १० लाख ७८ हजार ५ सय ४० थान आयात भएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा चीनबाट ४४ लाख ८३ हजार २६ थान चस्मा, चस्मा फ्रेम आयात भएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा २३ लाख २८ हजार ३ सय २५ थान आयात भएको छ भने आर्थिक वर्ष २०७७÷०७८ मा १४ लाख ७४ हजार ९ सय ४३ थान आयात भएको तथ्यांकले देखाएको छ । कोरोनाका कारण चीनले एकतर्फी नाका खोल्न, सामाग्रीको आयात कम हुँदा पछिल्लो तिन वर्ष यता रसुवागढी नाका हुदै नेपाल सामान आयातमा कमी आएको रेग्मीले जानकारी दिए । चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आर्थिक बर्ष २०७७÷०७८ मा १८ अर्ब ५४ करोड ५४ लाख ६१ हजार मुल्य बराबरको सामाग्री नेपाल आयात भएको छ ।
भन्सार राजस्व समेत घट्यो
डेढ वर्ष यता नाकाबाट आयात निर्यात सहज नहुँदा रसुवा भन्सारको राजस्व संकलनमा समेत कमी आएको छ । रसुवा भन्सार कार्यालय टिमुरेले आर्थिक वर्ष २०७७÷०७८ मा राखेको वार्षिक लक्ष्यको ४८ प्रतिशत मात्र राजस्व असुली गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७७÷०७८ मा ७ अर्ब २४ करोड ३३ लाख २२ हजार रुपैया राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर लक्ष्यको ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार मात्रै राजस्व संकलन भएको छ । जुन वार्षिक लक्ष्यको आधा भन्दा कम रकम हो ।
२०७६ माघ १५ देखि गएको जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात चिनले रसुवागढी नाका एकतर्फी संचालन गरेको छ । चिनले आफनै गाडिमा नेपाल तर्फको भुभागमा सामान ल्याइदिने गरेको छ । अहिले चिनले दैनिक ५ देखि ८ कन्टेनर चिनिया गाडिमा नेपाली भुमिमा सामान ल्याइरहेको छ । चिनियाँ एउटा गाडिमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चीनीयाँ गाडिमा आएको सामाग्री नेपाली गाडिमा लोड अनलोड गर्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउदै नेपाली कामदार नाकामा खटिएका छन् ।
रसुवागढी नाका हुदै अहिले नेपाल तर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ हस्तकलाका सामाग्रीहरु जाने भएपनि कोरोना संक्रमण सुरु भएयता चिनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । २०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो तर रसुवागढी नाका २०७२ मंसिरदेखि पुन संचालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट २०७२ मंसिरदेखि हुँदै आएको छ । एजेन्सी ःन्युज कारखाना
२९ श्रावण २०७८, शुक्रबार
0
Shares







प्रतिक्रिया