
सङ्घीय सरकारले उपलब्ध गराएको रकम रु ५० हजारको दरले १६८ घरपरिवारलाई वितरण गरिएको थियो । प्रदेश सरकारकातर्फबाट रु २५ लाख र स्थानीय सरकारका तर्फबाट रु २५ लाख गरी कूल रु ५० लाखमार्फत १२५ घरधुरीलाई रु ४० हजारको दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो । गाउँपालिकाका अधिकांश घर पछिल्लो पटक खरको छानोमुक्त बनेका छन् ।
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना
जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको विषयमा हेटौँडामा शुक्रबार अद्यावधिक कार्यशाला गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित विपद्को जोखिम र त्यसको न्यूनीकरणको विषयमा कार्यशालामा छलफल भएको थियो । विपद् आउनुअघि त्यसको रोकथाम र नियन्त्रणको लागि समितिले स्थानीय तह, राजनीतिक दल तथा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको हो ।
कार्यक्रममा उपस्थितले जथाभावीरुपमा हुने नदीजन्य उत्खननले विपद्को जोखिम बढाइरहेको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्लाको विभिन्न स्थानीय तहको प्रमुख÷उपप्रमुख, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया