१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मनसुनी गतिविधि पुनः सक्रिय, अबको केही दिन देशभर बदली



३० साउन ०७८,काठमाडौं । मनसुनी गतिविधि पुनः सक्रिय भएर अबको केही दिन देशभर बदली तथा वर्षाको क्रम बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भारतीय क्षेत्रमा रहेको मनसुनी न्यून चापिय क्षेत्र नेपालको तराई हुँदै माथिल्लो क्षेत्रमा सर्ने क्रममा देखिएको छ ।

अबको केही दिन देशभर नै सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण (Meteorological Analysis)

हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।

 हाल मौसमको अवस्था (Present Weather Status)

https://www.youtube.com/@lalitkhabar

हाल देशभर सामान्य देखी  पूर्ण बदली रहि  केहि स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ श्रावण २९ गते (शुक्रबार)

रातीदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश  थोरै स्थानहरुमा र गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण ३० गते (शनिबार)

दिउँसोदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश  थोरै स्थानहरुमा र गण्डकी प्रदेश,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण ३१ गते (आईबार)

दिउँसोदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र  प्रदेश ५ का  थोरै स्थानहरुमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश  थोरै स्थानहरुमा  र गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले  पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।