१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पहिरोमा पुरिएकी बालिकाको भेटियो शव




३ भदौ ०७८,रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाँडामा पहिरोमा परि बेपत्ता मध्ये एक बालिकाको शव भेटिएको छ । पहिरोमा पुरिएर बेपत्ता रहेकी ११ वर्षीया सोकिता गलानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।
७ वर्षीय आशिष गलान अझै बेपत्ता रहेका छन् । उनको खोजिकार्य भइरहेको पाण्डेले बताए । पहिरोमा पुरिएर बेपत्ता भएकी ३२ वर्षीया कमला गलान र उनकी कान्छी छोरी ८ वर्षीया सुकुमाया गलानको यसअघि पुरिएको अवस्थामा शव भेटिएको छ ।
एक तले जस्ताले छाएको घरमाथिबाट पहिरो खस्दा एकैपरिवारका चार जना बेपत्ता भएका थिए भने एक जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते ३६ वर्षीय श्यामबहादुर गलान तामाङको स्थानीयहरूले बिहान उद्धार गरि उपचारका लागि नुवाकोट पठाएका थिए ।
नुवाकोटबाट थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  २ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।