
८ भदौं ०७८, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा समयसीमा मंगलबार मध्यरातिदेखि सकिँदैछ। उपत्यकामा पछिल्लो पटक साउन २८ देखि भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो।
तर, कोरोना संक्रमण अझै नघटेकाले अब कसरी अघि बढ्ने भन्ने विषयमा आज काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय लिने तयारी छ।
चाडपर्वको समय भएकाले भीडभाड बढ्ने र त्यसले संक्रमण झनै बढाउने हुँदा निषेधाज्ञा फेरि थप गर्ने तयारी छ।
निषेधाज्ञा जारी भए पनि त्यसको पालना गराउन सरकार उदासिन भएको आरोप लाग्दै आएको छ। सोमबार गाईजात्रा मनाउन हजारौँ मानिसहरु भेला भएका थिए।







प्रतिक्रिया