१६ पुस २०८२, बुधबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आफ्नै बाबु र श्रीमतीको मारेर खाल्टोको गाड्ने युवक पक्राउ




८ भदौ ०७८,धनुषा । आफ्नैवावु र श्रीमतीको हत्यापछि खाल्टोमा पुर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आफ्नै बाबु ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती ३० वर्षीया अमृता कुमारी मण्डलको हत्या गरेको अभियोगमा मिथिलाबिहारी नगरपालिका ५ ललिया बस्ने ३५ वर्षीय भागेश्वर कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेक हो ।
घरायसी विवादको कारण भागेश्वरले गएराति कोदालो, लाठी र डोरीको सहायताले हत्या गरी शवलाई घरबाट करिब १ सय मिटर टाढा रहेको आँपको बगैँचामा खाल्डो खनेर पुरी माथिबाट घिरौलाको लहराले छोपिराखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, ईलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले खाल्डो
उत्खनन गर्दा उनीहरूको शव फेला पारेपछि भागेश्वरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।