१६ पुस २०८२, बुधबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जव हजाईजहाज बस्नै लाग्दा फेरि उड्यो…




१४ भदौं ०७८, काठमाडौं । चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा (ओभर सुट ) फेरि उडेको छ । यसक्रममा यो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ ।
मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले (ओभरसुट) फेरि उड्नु परेको विमानस्थलले जनाएको छ । आज बिहान ६ः२९ का लागि अवतरण समय तालिका रहेको यो जहाजले अवतरणका क्रममा इमाडोल नजिकबाट (ओभरसुट) फेरि माथि उडेको थियो । यो जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ ।
मौसम खराबीले जहाजले फेरि उडाउनु परेको विमानस्थलका एक उच्च अधिकारीले जानकारी दिएका छन् । “जहाज सामान्य एप्रोचमा आएको हुन्छ, सामान्य मौसम खराबीले धावनमार्ग ‘रनवे’ मिस एप्रोच भए पनि नेक्स्ट एप्रोचका लागि ओभरसुट गर्नुपरेको हो”, उनले बताए ।
काठमाडौँ उपत्यकाका आकाशमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको छ । कतिपय गन्तव्यको उडान बिलम्ब भएको छ । विमानस्थलमा आइतबार मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको थियो । मौसम खराबीले भिजिबिलटी कम हुँदा पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएकोे बुद्धएयरले जनाएको छ । यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडान केही विलम्ब भएको थियो ।
देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान सामान्य प्रभावित भएको होे । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।