१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एमाले महाधिवेशन : अध्यक्षको उम्मेदवार बन्ने ईश्वर पोखरेलको घोषणा



१४ भदौ ०७८,काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । एमाले महाधिवेशन घोषणा भएलगत्तै सोमबार पत्रकारसँगको भेटघाटमा पोखरेलले नेतृत्वमा आफ्नो दाबी रहने सार्वजनिक घोषणा गरेका हुन् ।
एमालेको १० औं महाधिवेशन आगामी १० देखि १३ मंसिरमा काठमाडौंमा हुँदैछ ।
पोखरेलले आफू दुईपटक महासचिव भइसकेको र तेस्रोपटक हुन विधानले नदिने भएकाले अबको स्टेप अध्यक्ष नै भएको बताए । ’मलाई अध्यक्ष पद डिजर्भ गर्छ,’ उनले भने । आफू अध्यक्षमा लड्न योग्य भएको र पार्टी पंक्तिको भावनाअनुसार नेतृत्व लिन अग्रसर हुने पोखरेलको भनाइ छ ।
अहिलेसम्म एमालेमा अध्यक्ष केपी ओलीबाहेक अरु कसैले पनि नेतृत्वमा दाबी गरेको छैन । ओलीले फेरि एकपटक नेतृत्वमा दोहोरिने इच्छा प्रकट गरेका छन् । ओली निकट नेता शंकर पोखरेलले केही समयअघि नै ओलीकै नेतृत्वमा पार्टी चुनाव र सरकारमा जाने घोषणा गरिसकेका छन् । एमालेमा नेतृत्वमा दाबी गर्ने पोखरेल पहिलो नेता बनेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।