१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिन्धुलीमा कक्षा कोठामै पढाइ सुरु



फाइल तस्विर

न्युज कारखाना
१५ भदौ ०७८,बागलुङ । कोरोना भाइरसका कारण सिर्जित समस्याले लामो समय बन्द रहेका बागलुङका विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ ।
स्मार्ट लकडाउन कार्यविधि, २०७८ अनुसार कक्षा ८ देखि माथिल्ला कक्षा भौतिक उपस्थितिमै संचालन गर्न दिने निर्णय भएसँगै विद्यालय संचालन हुन थालेका हुन् । सवै विद्यार्थीको पहुँचमा इन्टरनेट नभएकाले भौतिक उपस्थितिमै विद्यालय संचालन गर्ने दिने निर्णय भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । केही विद्यालय भने स्थानीय तहको निर्णय कुरेर बसेका छन् ।
हरिहरपुरगढी गाउँपालिका क्षेत्रका विद्यालयले जोरबिजोर प्रणालीबाट कक्षा संचालन गरिहेका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेश अधिकारीका अनुसार लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित भएकाले स्वास्थ्य मापदण्ड पालना गदै जोरविजोर प्रणालीबाट कक्षा संचालन गरिएको हो ।
मरिण गाउँपालिका क्षेत्रमा पनि मंगलबारदेखि विद्यालय संचालन हुने मरिण गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालले बताए । विद्यालयमा ३३ प्रतिशत विद्यार्थी उपस्थित गराएर कक्षा संचालन थालेको उनको भनाइ छ ।
तीनपाटन गाउँपालिका क्षेत्रका केही विद्यालयमा मात्र पठनपाठन सुरु भएको छ । विद्यालय व्यवस्थापन समितिले तत्कालै विद्यालय नखोल्ने निर्णय गरेकाले विद्यालय संचालन हुन नसकेको तीनपाटन गाउँपालिकाका शिक्षा शाखा प्रमुख युवराज काफ्लेले बताए । अर्को साताबाट गाउँपालिकाको सवै विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै पठनपाठन सुरु हुने उनले जनाए ।
कमलामाई नगरपालिका क्षेत्रका विद्यालय सोमबारबाट संचालन भएका छन् । विद्यालयमा ३३ प्रतिशत मात्र विद्यार्थी उपस्थित गराइ कक्षा संचालन भइरहेको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले बताए ।
फिक्कल गाउँपालिका र सुनकोशी गाउँपालिका क्षेत्रका विद्यालय भने संचालन भएका छैनन् । गाउँपालिकाले निर्णय नगरेको कारण हालसम्म विद्यालय संचालन हुन नसकेको गाउँपालिकाले बताएका छन् । केही दिनमै बैठक बसी विद्यालय खुलाउने तयारी भएको फिक्कल गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।