१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रभु साहले सभामुखलाई अपराधी भनेपछि‘



फाइल तस्विर

१७ भदौ ०७८,काठमाडौं । पूर्वमन्त्री प्रभु साहले सभामुख अग्निप्रसाद सापकोटालाई अपराधीको संज्ञा दिएका छन् ।
बुधबार भक्तपुरमा आयोजित आईटी आर्मीको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका साहले सम्मानित ओहोदामा बसेका सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुको सट्टा तल्लो स्तरको कार्यकर्ताको भूमिका देखाएको आरोप लगाएका हुन् ।
कुनै बैठकको निर्णय बिनै प्रचण्डको एकल पत्रको आधारमा उनीसहित कयौं सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न थोरै पनि ढिलाई नगर्ने सभामुखले विधि पूर्वक दर्जनौ सांसदलाई पदमुक्त गर्ने निर्णय पठाउँदा पनि हप्ता दिनसम्म अल्झाएर पत्र फर्काएको साहको आरोप छ । पूर्वमन्त्री साहले सभामुख सापकोटालाई प्रचण्डको लठैतको आरोप लगाए ।
सभामुखको अमर्यादित हर्कतले वर्तमान व्यवस्था नै मजाक बनेको उनको ठहर छ । सभामुख सापकोटाले कानुन निर्माणदेखि कार्यान्वयन अनुगमन गर्ने सम्मानित सदनको समेत अपमान गरेको पूर्वमन्त्री साहको आरोप छ ।
’सभामुख जस्तो देशको एउटा सम्मानित ओहोदामा बसेको व्यक्ति तटस्थ रहनुपर्ने हुन्छ । तर, खुलेआम रूपमा सभामुखले पदीय मर्यादा बिर्सेर एउटा दलको तल्लो स्तरको कार्यकर्ताको भूमिकामा निर्वाह गर्नुभयो’, उनले भने । प्रचण्डको एउटा पत्रको भरमा सभामुख सापकोटाले आफूहरूलाई पदमुक्त गरेको उनको भनाई छ ।
आइतबार बसेको आईटी आर्मीको बैठकले संगठन विस्तारलाई तीव्रता दिँदै कार्य विभाजन गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ६ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।