१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज राति भारी वर्षा




२० भदौ ०७८,काठमाडौं । आज आइतबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । बिहान काठमाडौंको आकाश पनि धुम्म छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहेर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । सोमबार राति प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ६ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।