१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बीपी प्रतिष्ठानमा जारी आन्दोलन रोक: स्वास्थ्य मन्त्रालय



२७ भदौ ०७८, काठमाडौँ । सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । जनताको स्वास्थ्य सेवा जस्ता मौलिक हक अवरुद्ध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको हो ।

स्वास्थ्यकर्मीले प्रतिष्ठानमा गत २० गतेबाट इमर्जेन्सी, कोभिड सेवा र पूर्वनिर्धारित कार्यक्रमबाहेक अन्य सेवाहरू स्थगित गरेका छन् । आन्दोलनरत पक्षले उठाएका धेरै मागहरू सम्बोधन भइसकेको र अन्य माग पनि सम्बोधन क्रममा रहेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने, अख्तियारले छानबिन अगाडि बढाएको लगायतका आठ विषयमा विज्ञप्तिमा जानकारी दिएको छ ।  सरकारले छानविन लगायतका प्रक्रिया अगाडि बढाएपछि रजिष्ट्रार डाक्टर मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  २ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।