१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विप्लव नेतृत्वको नेकपाले जलायो एमसीसी सम्झौतापत्र




२७ भदौ ०७८,उदयपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उदयपुरले अमेरिकी सहयोग नियोग मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतापत्र जलाएको छ । एमसीसीले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्कालन खारेज गर्नुपर्ने माग राख्दै नेकपाले सम्झौतापत्र जलाएको हो ।
एमसीसीको विरोध गर्दै आएको नेकपाले उदयपुरका आठवटै स्थानीय तहमा सम्झौतापत्र जलाएको छ ।
पार्टीले गरेको आधिकारिक निर्णयअनुसार सम्झौतापत्र जलाएर विरोध प्रदर्शन गरेको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विवेक कुमालले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटी, स्थानीय तह कमिटी, विद्यार्थी, युवालगायत पार्टी पदाधिकारी र जनवर्गीय संगठनहरूको आयोजनामा सम्झौतापत्र जिल्लाभर जलाउने काम भएको छ ।न्युज कारखाना

 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।