१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कक्षा १२ को परीक्षा आजबाट सुरु




३० भदौ ०७८,काठमाडौं । कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारबाट सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ ।
परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । ८ असोजसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी छन् । परीक्षामा विद्यार्थीलाई होम सेन्टर कायम गरिएको छ, ४ हजार ३१५ वटा परीक्षा केन्द्र छन् ।
गत जेठमा हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण ३१ साउनका लागि सारिएको थियो । तर, कोरोना नियन्त्रणमा नआएको र जोखिम कायमै रहेको भन्दै फेरि परीक्षा सारिएको थियो ।
परीक्षा बोर्ड (कक्षा ११ र १२ हेर्ने)परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार अधिकांश विद्यार्थीले खोप लगाइसकेको र संक्रमण पनि कम हुँदै गएकाले परीक्षा सञ्चालन भएको हो ।

 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।