१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नायिका करिष्मा एमाले प्रवेशको हल्ला, भेटिन् अध्यक्ष ओलि




४ कार्तिक ०७८, ललितपुर । नायिका करिष्मा मानन्धर हास्य कलाकार जितु नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलिसँग भेटघाट गरेका छन् । वावुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीमा प्रवेश गरेर राजनीतिमा होमिएकी करिष्मा मानन्धर केही समय अघि नयाँ शक्ति छोडेको घोषणा गरेकी थिइन् ।
केपी ओलिसँग भेटघाटको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएसँगै पछिल्ला दिनमा नायिका मानन्धर एमाले प्रवेश गर्ने चर्चालाई थप वल मिलेको छ ।
मानन्धरसँगै सञ्चारमर्की तथा गायिकाको पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेकी कोमल ओली पनि सँगै देखिएकी छिन् ।
भेटघाटको तस्विर सार्वजनिक गर्दै गायिका ओलिले आकर्षक कलाकारहरु करिष्मा मानन्धर,जीतु नेपालसहित आफूले नेकपा एमालेका अध्यक्ष केपि ओलिसंग भेट्ने मौका मिलेको अत्यन्तै खुला हृदयका साथ नेपाली राजनीतिका बारेमा विश्लेषण भएको लेखेकी छिन् ।
नायिका मानन्धरलाई एमाले प्रवेश गराउने सन्र्दभलाई बल मिल्ने गरि ओलिले असाध्यै महत्वपुर्ण विषयहरु अध्यक्ष ओलिलेले प्रस्तुत गरेको उल्येख गरेकी छिन् । उलले भेटमा नायिका मानन्धर र हास्य कलाकार नेपालले महत्वपुर्ण कुरा राखेको उल्ेख गरेकी छिन् ।
नायिका मानन्धरले अध्यक्ष ओलिसँग बसेर विविध विषयमा बिचारहरु सुन्दा आनन्द आएको उल्येख गरेकी छिन् । सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्वका साथ लिने अध्यक्ष ओलिले आफ्ना कुराहरु चासो मानेर कुरा सुनेको भन्दै नायिका ओलिले धन्यवाद समेत दिएकी छिन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।