१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज देशभर मौसम बदली, भोलि वर्षाको सम्भावना



१४ मंसिर ०७८, काठमाडौं । अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ । आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ । न्युज कारखाना

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।