१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ



©lalitpurkhabar.comshayam phuyal

१९ मंसिर ०७८, दमक । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमकबाट एक पुरुष पक्राउ परेका छन् । दमक १० का ४५ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लिम्बूमाथि प्रहरी कार्यालयमा उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताएका छन् ।
उनका अनुसार यही मङ्सिर १६ गते घरायसी झगडा हुदाँ लिम्बूले आफनै ४९ वर्षीया श्रीमती घनादेवी आचार्यलाई कुटपिट गरेको र घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीमा बुझाएको जाहेरीमा उल्लेख छ । प्रहरीले घटनाका बारे थप अनुसन्धान सुरु गरेको उनले बताएका छन् ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।