१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विकट जुम्लामा पनि डाक्टरको पढाई सुरु हुँदै



२० मंसिर ०७८, जुम्ला । कर्णलीको विकट मानिने जुम्लामा समेत डाक्डरको पढाई सुरु हुने भएको छ ।
डाक्टरी कक्षा संचालनका गर्न उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी भण्डारी आगामी साता जुम्ला आउने भएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेका डाक्टर शिक्षा एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न उनी २६ मंसिरमा जुम्ला आउन लागेकी हुन् ।
प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रम तय भइसकेको छ । एमबीबीएस र प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन लागेको उनले बताए ।
प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिबाट उद्घाटन भएपछि डाक्टरी शिक्षा (एमबीबीएस) नियमित पढाइ सुरु हुनेछ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ७ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।