१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तनहुँमा गोली चल्यो, एकको मृत्यु



२० मंसिर ०७८,तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका १ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताएका छन् । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए । पक्राउ पर्ने गुरुङ मृतकका छिमेकी हुन् ।

 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ७ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।