१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’



२२ मंसिर ०७८, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (‘बुस्टर डोज’) दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो ।
समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन थालिएको स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डा विवेककुमार लालले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वास्थ्यमन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग यही मङ्सिर १७ गते गरेकाे छलफलमा एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’ उपलब्ध गराउन आग्रह गरेकी थिइन् ।

“भेरोसेल खोपको दुई मात्रा लगाइसकेका ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ”, उनले आज मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा भने, “सोही सिफारिसलाई खोप सल्लाहकार समितिले नेपालमा पनि ६० वर्षभन्दा माथिका भेरोसेल लगाएका दुई मात्रा लगाएका सबै व्यक्तिलाई तीन महिनापछि एक मात्रा खोप बुस्टर डोज लगाउन सिफारिस गरेको छ । सोही अनुसार मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेको छ ।”

बढीभन्दा बढी जनसङ्ख्या खोप लगाएपछि पनि पुनः थप मात्रा (बुस्टर डोज) दिने उनको भनाइ रहेको छ । “अहिलेको कोरोना भाइरसको भेरियन्टको सङ्क्रमणको जोखिम कति छ । यसभन्दा अगाडि लगाएका खोपले अहिलेको भेरियन्टसँग जुध्न सक्छ कि सक्दैन भन्ने अध्ययनको नतिजा आउँछ भन्नेबारेमा डब्लुएचओले बुस्टर डोजको अध्ययन गरिरहेको छ । त्यो सबैको परिणामको पुनः आकलन गरेर सरकारले बुस्टर डोजको बारेमा थप निर्णय लिने छ”, उनले भने ।

केही विशेष अवस्थाका व्यक्तिलाई खोप लगाएपछि जुनस्तरमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो, त्यो नभएपछि त्यस्ता व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ । यस्तै क्यान्सरका रोग भएका, अङ्ग प्रत्यारोपण गरेका, रोग प्रतिरोधी क्षमता कम भएका (एचआइभी), रोग प्रतिरोधी क्षमता दबाउने औषधि प्रयोग गर्ने व्यक्तिलाई लक्षित गरी एक मात्रा खोप दिनका लागि पनि डब्लुएचओले सिफारिस गरेको छ ।

वि

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।