२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको मूल्य शुक्रबार लाग्यो ओरालोतिर




२४ मंसिर ०७८, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएकोमा शुक्रबार एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको हो ।

शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ६ सय १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार १ सय ८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार १६ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।