१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काँग्रेस महाधिवेशनको बन्दसत्र : महामन्त्री खड्का प्रतिवेदन वाचन गर्दै, प्रतिनिधिहरू गफमा व्यस्त




२४ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस बन्दसत्रको दृश्य अव्यवस्थित देखिएको छ । बन्दसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन् ।
यतिबेला महमहामन्त्री पूर्णबहादुर खड्काले महामन्त्रीको प्रतिवेदन बाचन गरिरहेका छन् । प्रतिवेदन सुन्नमा कसैको ध्यान छैन ।
उम्मेदवार बन्दसत्र भित्रै प्रचार गरिरेहका छन् भने प्रतिनिधि उम्मेदवारसँग गफ गर्न व्यस्त छन् । मञ्चमा सभापति शेरबहादुर देउवा प्रतिवेदन हेरिरहेका छन् भने अरू नेता साइड गफ गरिरहेका देखिन्छन् ।
प्रतिवेदन उपसभापति विमलेन्द्र निधि, विजय गच्छदार र नेता सुनिल थापाले सुनिरहेका छन् ।
बन्दसत्रमा नेता पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला पनि अनुपस्थित रहेका छन् । बन्दसत्रमा कृष्ण सिटौला पनि उपस्थित छैनन् । उनको टिमका प्रदिप पौडेल भने बन्दसत्रमा उपस्थित रहेका छन् ।
पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।