
२६ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगन थापाले आफूहरु कसैलाई हराउन उम्मेदवार नभएको बताएका छन् ।
आइतबार महाधिवेशनको निर्वाचनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरु पार्टीमा कसैलाई पराजित गर्न नभइ जितेर सिंगो पारंटीलाई वजयी बनाउन चाहिरहेको बताए ।
’कसैलाई हामी हराउँदै छैनौं । हामी जितेर सिंगो पार्टीलाई विजयी बनाउन चाहन्छौं’ उनले भने ।
यो कांग्रेस भित्रै प्रतिस्पर्धा भएको भन्दै भृकुटीमण्डपमा भेला भएका मतदाताको हातमा आफूहरुको भाग्य रहेको बताए ।
’भोलि हाम्रो भाग्य के हुने भन्ने छ न अनुपम न वालुवाटारमा बसेर हुन्छ। हाम्रो तागत भृकुटीमण्डपमा छ’ उनले भने । न्युज कारखाना







प्रतिक्रिया