१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देउवाले बढाए झन् धेरै मतान्तर




२८ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।
हालसम्म २ हजार ६ सय ७७ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १२६५ मत प्राप्त गरेका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ९८० र प्रकाशमान सिंहले २०४ मत पाएका छन् । विमलेन्द्र निधिले १६५ मत पाउँदा कल्याण गुरुङले १२ मत मात्र प्राप्त गरेका छन् ।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।
नयाँ नेतृत्व चयनका लागि ४ हजार ६ सय ७९ मत खसेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।