२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौंको ठमेल र ललितपुरको भैसेपाटीमा चोरी



स्केज: कोपिला दुलालललितपुर खबर

३ पुस ०७८, काठमाडौं । काठमाडौंको ठमेल र ललितपुरको भैसेपाटीमा चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ ठमेल अशोक गल्लीस्थित होटल फेमीली होममा एक महिनादेखि बस्दै आएका पाकिस्तानी नागरिक २८ वर्षीय महमद ईशाको कोठामा विभिन्न सरसामान चोरी भएको हो । उनको कोठाबाट सुटकेशमा रहेको सुनको सिक्री, नेपाली रुपैयाँ, यूएइ दिराम, अमेरिकी डलर समेत गरी करिब १६ लाख ३ हजार नेपाली रुपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ ।
साथै ललितपुरस्थित ललितपुर महानगरपालिका १८ भैंसेपाटी बस्ने ४४ वर्षीय रञ्जना भण्डारीको घरबाट सुनचाँदी एवं हिराको विभिन्न गरगहना तथा नगद समेत गरी करिब ९ लाख ९७ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ ।
दुवै घटनामा संलग्न अहिले फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।