१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने सरकारको निर्णय




८ पुस ०७८, काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बोर्डको अध्यक्षमा शर्मालाई नियुक्त गरेको जानकारी दिए।
सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ।

सरकारले हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डाक सेवा, इएमएस महसुल पुनरावलोकन गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।