२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज शनिबार भन्ने जान्दा जान्दै सरकारले दियो सार्वजनिक बिदा



१० पुस ०७८, काठमाडौं । नेपाल सरकारले आज सार्वजनिक बिदाको घोषणा गरेको छ ।
इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सवको अवसर पारेर सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको बताएको छ ।
यद्यपि आज शनिबार परेको छ । शनिबार नेपालमा सार्वजनिक बिदा हुने जान्दा जान्दै सरकारले सार्वजनिक विदा घोषणा गरेको हो ।
आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ ।

शनिबार सार्वजनिक विदाको दिन विदा घोषणा गरेको भन्दै सरकारका आलोचकहरुले हाँसो मजाक गरिरहेका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : २० बजे