
आज १३ पुस,२०७८, डिसेम्बर २८ तारिक मंगलबार । पौषकृष्णपक्ष नवमी, चित्रा नक्षत्र, शोभन योग, चन्द्रमा कन्या राशिमा छ । मंगलबारको दिन गणेश र हुनमानको पूजा गर्ने दिन हो ।
हरेक मंगलबारको दिन कुनै नयाँ काम गर्न पनि सकिन्छ । आजको देवता बृहस्पति र ग्रहदेव सूर्य रहेको छ । त्यसैले आज बिहानको सूर्यको दर्शन गरी दिनको कार्य शुरुवात गर्नुभयो भने दिन सफल हुनेछ । आज सूर्योदय बिहान६ः५५ र सूर्यास्त ५ बजेर १६ मिनेटमा हुनेछ ।
मंगलबारका दिन बिहान आफ्नो बसोबास भएको नजिकको कुनै गणेश मन्दिरको परिक्रमा गर्नुहोला । काठमाडौंको कमलादीस्थित गणेश मन्दिर र वसन्तपुरमा रहेको मरु गणेश मन्दिरमा दर्शनार्थी दर्शनका लागि जाने गर्दछन् ।
१३ पुस २०७८, मंगलबार
0
Shares







प्रतिक्रिया