
१३ पुस ०७८, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ।
काठमाडौँको आकाशमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ। मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलले जनाएको छ ।
आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ। अन्तरराष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ। बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ट भएको थियो।
अहिले विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ। मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुन नसकेको जनाइएको छ।
बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान हुँदा आन्तरिक उडानमा ढिलाइ हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए।







प्रतिक्रिया