२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौं हुस्सुले ढाक्यो, हवाईवहाजको उडान राकियो




१६ पुस ०७८, काठमाडौं । काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेको छ ।
भिजिबिलिटी १ सय मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् ।
त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेको हो । कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेको टर्मिन कार्यालयले जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण पनि हुस्सु लागेको हो । न्युज कारखाना

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ८ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।