१३ पुस २०८२, आइतबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


माओवादीको पदाधिकारी केन्द्रीय समितिले छान्ने



नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलपछिको बन्दसत्रमा सहभागीहरू । तस्बिर : रत्न श्रेष्ठ/रासस

१८ पुस ०७८, काठमाडौं । नेकपा(माओवादी केन्द्र) ले सोमबार मात्रै पदाधिकारी चयन गर्ने भएको छ । माओवादीको आजसम्म जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ सय ३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए ।
उनको प्रस्तावलाई बन्दसत्रमा ध्वनीमतले पारित गरेको हो । त्यसमा खुल्लातर्फ १ सय ३२ जना र सामानुपातिकतर्फ १ सय २५ जनाको नाम प्रस्तुत गरिएको थियो । सबै नामलाई बन्दसत्रले अनुमोदन गरेको हो । महाविधेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य कृष्णबहादुर महराले सोमबार बस्ने नवनिर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने जानकारी दिएका छन् । महाधिवेशनले समसामयिक प्रस्ताव पारित गरेको छ ।
माओवादीले केही समयदेखि सम्बन्धित समिति चयन गर्ने र सोही समितिमार्फत पदाधिकारी चयन गर्ने प्रणाली अवलम्बन गर्दै आएको छ । सोही प्रणालीअनुसार सोमबार बस्ने २ सय ३६ सदस्यीय केन्द्रीय समितिको बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने भएको छ । केन्द्रीय समितिको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने भएको छ । सहमतिका आधारमा पदाधिकारी चयन हुन नसके मात्रै केन्द्रीय समितिमा मतदान गर्ने कार्यक्रम तय गरिएको उनको भनाइ छ ।
माओवादीको महाधिवेशन अघिल्लो आइतबार कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन भएको थियो । महाधिवेशन आठ दिनसम्म जारी रह्यो । आठौँ महाविधेशन आठ दिनमै सम्पन्न भएको माओवादीले जनाएको छ ।
आइतबार उद्घाटन, सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव र नेता देवप्रसाद गुरुङले विधान पेश गरेका थिए । मङ्गलबार र बुधबार समूहगत छलफल भएको थियो । समूहगत छलफलका लागि विभिन्न २५ समूह निर्धारण गरिएको थियो । बुधबार अपरान्ह्देखि बिहीबारसम्म समूहगत छलफलका क्रममा उठेका विषय वस्तुमाथि समूहका नेताले आफ्नो धारणा प्रस्तुत गरेका थिए । शुक्रबार अध्यक्ष प्रचण्डले समूहगत छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिएका थिए । शनिबार नेतृत्व चयनलगायत विषयमा छलफल भएको थियो ।

आज अपराह्न ४ बजेदेखि सुरु भएको बन्दसत्रमा सुरुमा निर्वाचन आयोग, अनुशासन आयोग र लेखापरीक्षण आयोगको प्रमुख तथा सदस्य चयन गरिएको थियो । त्यसपछि बन्दसत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गर्नुभएको थियो । अध्यक्षको प्रस्तावलाई बन्दसत्रले सर्वसहमतिले पारित गरेको नेता महराले जानकारी दिनुभयो । माओवादीको पदाधिकारी केन्द्रीय समितिले छान्ने
नेकपा(माओवादी केन्द्र) ले सोमबार मात्रै पदाधिकारी चयन गर्ने भएको छ । माओवादीको आजसम्म जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गर्नुभएको थियो ।

उहाँको प्रस्तावलाई बन्दसत्रमा ध्वनीमतले पारित गरेको हो । त्यसमा खुल्लातर्फ १३२ जना र सामानुपातिकतर्फ १२५ जनाको नाम प्रस्तुत गरिएको थियो । सबै नामलाई बन्दसत्रले अनुमोदन गरेको हो । महाविधेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य कृष्णबहादुर महराले सोमबार बस्ने नवनिर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने जानकारी दिनुभयो । महाधिवेशनले समसामयिक प्रस्ताव पारित गरेको छ ।

माओवादीले केही समयदेखि सम्बन्धित समिति चयन गर्ने र सोही समितिमार्फत पदाधिकारी चयन गर्ने प्रणाली अवलम्बन गर्दै आएको छ । सोही प्रणालीअनुसार सोमबार बस्ने २३६ सदस्यीय केन्द्रीय समितिको बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने भएको छ । केन्द्रीय समितिको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने भएको छ । सहमतिका आधारमा पदाधिकारी चयन हुन नसके मात्रै केन्द्रीय समितिमा मतदान गर्ने कार्यक्रम तय गरिएको उहाँको भनाइ छ ।

माओवादीको महाधिवेशन अघिल्लो आइतबार कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन भएको थियो । महाधिवेशन आठ दिनसम्म जारी रह्यो । आठौँ महाविधेशन आठ दिनमै सम्पन्न भएको माओवादीले जनाएको छ ।

आइतबार उद्घाटन, सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव र नेता देवप्रसाद गुरुङले विधान पेश गर्नुभएको थियो । मङ्गलबार र बुधबार समूहगत छलफल भएको थियो । समूहगत छलफलका लागि विभिन्न २५ समूह निर्धारण गरिएको थियो । बुधबार अपरान्ह्देखि बिहीबारसम्म समूहगत छलफलका क्रममा उठेका विषय वस्तुमाथि समूहका नेताले आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । शुक्रबार अध्यक्ष प्रचण्डले समूहगत छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिनुभएको थियो । शनिबार नेतृत्व चयनलगायत विषयमा छलफल भएको थियो ।

आज अपराह्न ४ बजेदेखि सुरु भएको बन्दसत्रमा सुरुमा निर्वाचन आयोग, अनुशासन आयोग र लेखापरीक्षण आयोगको प्रमुख तथा सदस्य चयन गरिएको थियो । त्यसपछि बन्दसत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गर्नुभएको थियो । अध्यक्षको प्रस्तावलाई बन्दसत्रले सर्वसहमतिले पारित गरेको नेता महराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।