१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


माओवादी नेता नारायणकाजीलाई कोभिड संक्रमण




२४ पुस ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षण गर्दा आफूलाई कोभिड संक्रमण पुष्टि भएको र होमआइसोलेसनमा रहेको जानकारी दिएका छन् ।
उनले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने सामाजिक सञ्चालमा उल्लेख पनि गरेका छन् ।
’पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु,’ श्रेष्ठले लेखेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।