१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महोत्तरीमा चिसोले कठ्याङग्रिएकाहरूलाई कम्बल उपहार




विशाल बस्नेत
२४ पुस ०७८, महोत्तरी । महोत्तरीको बर्दिबासस्थित पाटुमा गरिब, विपन्न र निम्न आय भएका सर्वसाधारणले न्यानो कम्बल उपहार पाएका छन् ।
स्थानीय समाजसेवी अर्जुन ढुंगेलको सक्रियतामा शनिबार पाटुका १५ घरपरिवारले न्यानो डस्ना तथा ओढ्ने कम्बल पाएका हुन् ।
’चिसोको कारण समस्यामा परेको थाहा पाएपछि थोरै भए पनी राहत होस भन्ने उद्देश्यले कम्बल किनेर दिए,’ समाजसेवी ढुङ्गेलले भने ।
मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका १५ घर परिवारले कम्बल पाएपछि निक्कै खुसी व्यक्त गरेका छन् । सरकारले महसुस गर्न नसकेको आफूहरूको समस्या एउटा व्यक्तिले बुझिदिँदा ठूलो राहत महसुस गरेका छौं,’ उनीहरूले भने ।
लामो समयदेखि समाजसेवामा लागि परेका ढुङ्गेल यसभन्दा अगाडी पनि विपन्न समुदायको सारथि बन्दै आएका छन् ।
पाटुमा नै विगत एक दशकदेखि असहाय र गरिब बालबालिकालाई अतिरिक्त पढाइ गराउन निःशुल्क अतिरिक्त कक्षाहरू ढुङ्गेलले सञ्चालन गरिरहेका छन् । न्युज कारखाना

 

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।